बालेनले फेरि लेखे : अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन
farakdhar.com · Sat Feb 25 16:27:42 GMT 2023
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफूलाई कसैले नि हटाउन नसक्ने बताएका छन् । शनिबारै दिउँसो उनले आफूलाई आजै राजीनामा गर्न दबाब आएको दाबी गरेका थिए ।
यद्यपि, उनले कसबाट त्यस्तो दबाब आएको हो भनेर खुलाएका छैनन् । शनिबारै साँझ उनले अर्को स्टाटस लेख्दै आफूलाई कसैले हटाउन नसक्ने आशय व्यक्त गरेका छन् । दोस्रो स्टाटसमा उनले भनेका छन्, ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)