मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी
nayapatrikadaily.com · Sun Mar 26 00:22:00 GMT 2023
नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट
मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल फर्काउन प्रक्रिया अगाडि बढाएको बताएको छ । उनलाई अहिले सुधारगृहमा राखिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए । उनले भने, ‘सुधारगृहमा कम्तीमा पनि दुई साता राख्नुपर्नेछ । आवश्यक परेमा अझै समय थप हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)