आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु
annapurnapost.com · Tue Jul 14 02:42:11 GMT 2026

सर्लाही : सर्लाहीमा पेट्रोल छर्केरआत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनको गएराति निधन भएको बुबा उपेन्द्र मण्डलले पुष्टि गरेका छन्।
गत बिहीबार दिउँसो आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका उनलाई सोही दिन हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो र अवस्था अत्यन्तै चिन्ताजनक थियो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको अन्ततः उपचारकै क्रममा निधन भएकाे हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)