चिनी उद्योगको विकल्पमा सख्खर बनाउन कोल्हुको उपयोग
annapurnapost.com · Sat Nov 18 16:20:06 GMT 2023
जनकपुरधाम : चिनी उद्योगको मनोमानीले आजित बनेका किसानहरू छठ अगावै उखु पेलेर सख्खर (मिठा) बनाउन थालेका छन्। नगदे बालीका रूपमा किसानले रोजेको उखु चिनी उद्योगलाई दिदा अनेकन समस्या भएपछि छठ अगावै उखु पेलेर मिठा बनाएर राम्रो बजार भाउका लागि कोल्हु उद्योगमा मिठा पेल्न थालेका हुन्। उखुबाट गुलियो सख्खर ‘मिठा’ बनाउने उद्योग जसलाई स्थानीय भाषामा ‘कोल्हु’ भनिन्छ।
‘थोरैले अब उखु खेती गरिरहेका छन्, गाउँतिरको ‘कोल्हु’ उद्योगले उखु किन्ने तथा किसान स्वयम् पनि उखु पेल्न थालेपछि किसान र मिठा उद्योग दुवै बाँचेका छन्।’ महोत्तरी गौशाला नगरपालिका-१ रामनगरका किसान हरिश्चन्द्र महतो भने, ‘चिनी उद्योगले बेलैमा उखु किनिदिँदैन, किने पनि पैसा लिन धौ–धौ हुन्छ, बेंचिएको उखुको भुक्तानी किसानले समयमा पाउदैन, तर छठको महिनादिन अगावै मिठा पेलेर नगद आम्दानीसँगै तेलहन र दलहन बाली लगाउने भएकाले उखुलाई मिठा बनाउन प्रयोग गरेका हौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)