मीरगञ्ज पुल सञ्चालन नहुँदा समस्या, १० महीनामा १८ अर्ब ७५ करोडले घट्यो विराटनगर भन्सारकाे काराेबार
abhiyandaily.com
विराटनगर । भारत, जोगवनीको मीरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलीब्रिज भासिएको १० महीना भयो । १० महीनामा विराटनगर नाकाबाट हुँदै आएको कारोबारमा १८ अर्ब ७५ करोड रुपैयाँले कमी आएको छ । ४ किलोमीटर दक्षिणमा रहेको उक्त पुल र सँगै बनेको आरसीसी पुल सञ्चालनमा नआउँदा विराटनगर नाकाबाट कारोबार रकम घटेको हो ।
बेलीब्रिज भासिएपछि १ सय १६ किलोमीटर पश्चिममा रहेको सुनसरीको भण्टाबारी नाकाबाट रि–रूट भएर विराटनगर भन्सारसम्म मालवस्तु ल्याउनुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)