आत्मदाह प्रयास गरेका मण्डलको उपचारका क्रममा निधन
nepalviews.com · Tue Jul 14 03:27:40 GMT 2026

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २:०५ बजे निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीले जानकारी दिए।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका मण्डललाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। शरीरको ८५ प्रतिशत भाग जलेका मण्डलको कीर्तिपुर बर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनी घरबाट करिब २ सय मिटर टाढा गएर आत्मदाहको प्रयास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)