काठका भाँडाकुँडाबाट आत्मनिर्भर
ratopati.com · Thu Oct 23 17:37:00 GMT 2025

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन् । निर्माण गरिएका भाँडाकुँडा बिक्री गरी मुक्त कमैया परिवारका उनी आत्मनिर्भर बनेका छन् ।
रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाएका छन् । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)