गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता
swasthyakhabar.com · Tue Jul 14 03:44:23 GMT 2026

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र गोकर्णेश्वर नगरपालिका बीच महत्वपूर्ण स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअनुसार गोकर्णेश्वरवासीले ॐ हस्पिटलमा रु. १ लाखसम्मको निःशुल्क उपचार सहुलियत प्राप्त गर्नेछन्। साथै, नेपाल सरकारले बिरामीलाई लाग्ने ३% करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ, जसले उपचार खर्चमा थप राहत प्रदान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)