मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरोना बिमा भुक्तानीको विकल्प ल्याउन निर्देशन

ekantipur.com · Thu Sep 30 01:07:03 GMT 2021

काठमाडौँ — कोरोना बिमा भुक्तानी सम्बन्धमा बिमा समितिले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । सरकारले पैसा नदिएको कारण करिब ६ महिनादेखि बिमितले भुक्तानी पाउन नसकिरहेको बेला समितिले अर्थमन्त्रीलाई भेटेर समस्याको गाँठो फुकाउन आग्रह गरेको हो ।

भेटका क्रममा अर्थमन्त्री शर्मासँग कोरोना बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने रकम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)