प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
ratopati.com · Tue Jul 14 03:50:58 GMT 2026

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। यसका साथै उनले लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) समेत बैठकमा पेस गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)