मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभाको भोटखोलामा पहिरोबाट दुई घरमा क्षति

rajdhanidaily.com · Wed Jul 23 23:19:46 GMT 2025

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा पहिरोबाट दुई घर क्षति भएको पुगेको छ । भोटखोला गाउँपालिका –४ जिजिङ्ग्खामा पहिरोले दुई घरमा क्षति पुगेको छ । मङ्गलबार राति करिव ८ बजेघर माथिबाट आएको पहिरोले भोटखोला –४ जिजिङ्ग्खाका स्थानीय सागर राईको घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोले सोही ठाउँका स्थानीय मुस्कान शेर्पाको घरमा सामान्य क्षति पुगेको छ ।

पहिरोका कारण भोटखोला –४ जिजिङ्ग्खा गाउँका ५ घर पहिरोको उच्च पहिरोका उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाउव उपरीक्षक बस्नेतले बताउनुभयो । पहिरोका कारण भोटखोला –४ जिजिङ्ग्खाका गाउँका ५ घर उच्च जोमिममा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)