विदेशी मुद्रा सञ्चिति ४० प्रतिसतले बढ्यो
kendrabindu.com · Tue Jul 14 04:24:29 GMT 2026

काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा जेठसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेको हो ।
असार २०८२ मा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा जेठ २०८३ मसान्त सम्ममा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)