सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन
ratopati.com · Thu Oct 23 18:36:00 GMT 2025

तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँच वटा ठुला आयोजनामा रु तीन तीन करोड बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका–५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका–६ स्थित शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजनामा रु तीन करोड, भानु नगरपालिका–४ स्थित भानु चुँदी वराह सिँचाइ आयोजनामा रु तीन करोड, शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रमका लागि रु तीन करोड, देवघाट गाउँपालिका(५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)