पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनु पर्छः बेलायती प्रधानमन्त्रीद्वारा अमेरिकी प्रतिबन्धको स्वागत
barnanmedia.com · Thu Oct 23 18:28:00 GMT 2025

काठमाडौँ, ६ असोजः बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धहरू’ को स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को अन्त्यको माग गर्नुभएको छ ।
बेलायतले युक्रेन युद्ध रोक्न दबाब बढाउने उद्देश्यले अक्टोबर १६ मा रुसको तेल उद्योगका विरुद्ध करिब ९० नयाँ प्रतिबन्धहरूको घोषणा गरेको थियो । त्यसको ठीक एक हप्ता पछि अक्टोबर २३ मा अमेरिकाले पनि रुसका ती दुई ठूला ऊर्जा कम्पनीलाई लक्षित गर्दै थप कठोर आर्थिक प्रतिबन्धहरू लगाउने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)