एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन
barnanmedia.com · Tue Jul 14 04:34:09 GMT 2026

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मण्डलको निधनसँगै एक साताभित्र आत्मदाहबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृतक मण्डलका श्रीमती र दुई छोराछोरी छन् ।
यसअघि काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउत र त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको मृत्यु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)