बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर
nepalpress.com · Tue Jul 14 05:18:36 GMT 2026

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् ।
सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रहरी परिचालन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)