केकीको आँखामा कहिल्यै छुट्दैन गाजल
farakdhar.com · Fri Feb 19 17:08:06 UTC 2021
पछिल्लो पुस्ताकी रुचाइएकी अभिनेत्री हुन्, केकी अधिकारी । केकी बाहिर निस्कँदा होस् अथवा घरमा बस्दा आफूलाई कम्फटेबल हुने खालका पहिरन लगाउँछिन् । जिन्स र टप्स मन पराउने केकीलाई लुगा महंगो नै हुनु पर्छ भन्ने लाग्दैन । उनी कपडा किन्न भव्य सपिङ मल मात्रै उपयुक्त हो भन्ने पनि ठान्दिनन् । आफूलाई मन पर्ने कपडा देखिन् भने फुटपाथमै पनि किन्ने गर्छिन् ।
प्राय: सार्वजनिक कार्यक्रम, पार्टी तथा विवाह समारोहमा साडी वा गाउन लगाउने केकीलाई साडी मन पर्ने पहिरन हो । उनी आफैंलाई साडीमा खुलेको जस्तो लाग्छ । उनका नजिकका आफन्तले पनि साडीमा खुलेको सुन्दरताको तारिफ गरिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)