गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
ratopati.com · Tue Jul 14 06:08:53 GMT 2026

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेका व्यक्तिहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने तथा मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने खालका गतिविधि गरेको सांसद मल्लको जिकिर थियो। उनले मिडिया हाउसमा अवरोध हुने गरी तेर्स्याएर राखिएका गाडीलाई लाखौँ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारलाई सचेत गराए। सरकारले सामान्य नागरिकको हितमा कुनै पनि काम गर्न नसकेको गुनासो गर्दै उनले प्रधानमन्त्री साहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति समेत जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)