घुम्न र अध्ययन गर्न जाने विद्यार्थीसँगै नेपालबाट ११ महिनामा बाहिरियो करिब दुई खर्ब
baahrakhari.com · Tue Jul 14 06:06:00 GMT 2026

काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा घुम्न र अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै पछिल्लो ११ महिनामा देशबाट करिब दुई खर्ब रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का ११ महिनामा उक्त रकम नेपालबाट बाहिरिएको सोमबार (असार २९) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
०८२ साउन १ देखि ०८३ जेठ मसान्तसम्मको अवधिमा घुम्न र अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीबाट एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)