गण्डकी विश्वविद्यालयमा ‘एमआईटी एआई’ पढाइ हुने, विद्यार्थीले मासिक २० हजार पाउने
baahrakhari.com · Wed Jul 17 17:10:00 UTC 2024

पोखरा । गण्डकी विश्वविद्यालयले ‘एमआईटी एआई’ पढाउने भएको छ । विद्यार्थीका लागि निकै सीमित कोटा १० (बढीमा २०) खुल्ने छ । स्नातकोत्तर तहमा बीएस्सी, इन्जिनियरिङ र आईटी सम्बद्ध विषय पढेकाहरूले मात्र एमआईटी एआई पढ्न पाउने छन् । यो विषय पढ्ने विद्यार्थीहरूले रकम तिर्नुपर्दैन । बरु विश्वविद्यालयले नै मासिक २० हजार रुपैयाँ विद्यार्थीलाई दिनेछ ।
नयाँ विषय र नयाँ मोडालिटीमा यो कक्षा सञ्चालन हुने छ । मास्टर्स अफ इन्फर्मेसन टेक्नोलोजी (एमआईटी एआई) अन्तर्गत पढाउन लागिएको यो विषय नेपालमा मात्र नभई एसियामै पहिलोपटक रहेको र यसले एउटा इतिहास रचेको विश्वविद्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)