मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल : राजाको अर्धशतकमा पञ्जाबले लखनउलाई हरायो

farakdhar.com · Sun Apr 16 00:51:09 GMT 2023

भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको छ । जारी सिजनमा पञ्जाबको यो तेस्रो जित हो । उसले दुई खेलमा भने हारको सामना गरेको छ ।

आफ्नो पाँचौं खेलमा लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)