गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको जवाफ– आगो लगाएर चुनाव लड्नु राजनीतिकरण हो
barnanmedia.com · Tue Jul 14 06:08:00 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गृहमन्त्री सुधन गुरुङलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नू राजनीतिकरण नभएको जवाफ दिएका छन् । मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले संसद् भवनमा आगो लगाएर चुनाव लड्नुचाहिँ राजनीतिकरण भएको आरोप लगाए ।
“संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,” उनले भने, “आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)