प्रेरक प्रसंग : गुरु–शिष्यको संवाद
nayapatrikadaily.com · Sat Apr 13 00:27:00 UTC 2024

उहिल्यै प्राचीन कालमा कोसी नदीको किनारमा एक ज्ञानामृत नामका साधुको आश्रम थियो । उनको आश्रममा थुप्रै शिष्य ज्ञानको खोजीमा आउँथे । गुरु ज्ञानामृत कठोर अनुशासनमा बस्थे । उनी सुकेको परालमा सुत्थे । शाकाहारी भोजन गर्थे । दैनिक कठोर साधनामा लीन हुन्थे । उनको ज्ञान र तपस्वीसमान जीवनको निकै टाढाटाढासम्म चर्चा हुने गथ्र्यो ।
ज्ञानामृतको त्यस्तो कठोर साधना तथा संयमित दिनचर्याबाट प्रभावित भएर उनका एक शिष्य ज्ञानभद्रले उनको अनुसरण गरेर छिटै ज्ञानमा निपुण हुने विचार गरे । यस्तो विचार मनमा आउनासाथ उनले पनि गुरुले झैँ सुकेको पराललाई आफ्नो शय्या बनाए । खानपिनमा सुधार गरे । साधनामा पनि लीन भएजस्तो गर्न थाले । उनको दैनिक व्यवहारमा निकै परिवर्तन देखिन थाल्यो । उनी पढाइतिर भन्दा पनि गुरुको बाहिरी आवरण र बानीबेहोराको नक्कलमा जुटिरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)