धनुषामा घरेलु मदिरासहितको सामान फालेर मोटरसाइकल चालक फरार
nepalpress.com · Wed Jun 10 15:16:06 GMT 2026

जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले ५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे गजरियाबाट बनिनियातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा तीनवटा प्लास्टिकको पोका (बोरा) मा घरेलु मदिरा बोकी ल्याइँदै गरेको अवस्थामा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको गस्ती टोलीले शंका गरी रोक्न खोजेको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकले मदिरा रहेको पोका सडकमा फालेर मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ ।
त्यसपछि प्रहरीले उक्त पोका खोली जाँच गर्दा करिब ५० लिटर घरेलु मदिरा फेला परेको र नियन्त्रणमा लिई प्रहरी चौकी लक्ष्मिनियामा राखिएको जनाएको छ ।
घटना भएको स्थान प्रहरी चौकी लक्ष्मिनियाबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्ने क्षेत्र रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)