‘माइकल’ले बनायो सबैभन्दा बढी कमाउने बायोपिकको रेकर्ड
rajdhanidaily.com · Tue Jul 14 06:42:26 GMT 2026
लस एन्जलस । विश्व चर्चित पप सुपरस्टार माइकल ज्याक्सनको जीवनीमा आधारित चलचित्र ‘माइकल’ सबैभन्दा बढी कमाई गर्ने हलिउडको बायोपिक चलचित्र सावित भएको छ । रिलिज भएको तीन महिना भन्दा लामो समय यो चलचित्र विभिन्न देशमा प्रदर्शन भइरहेको छ । चलचित्र ‘माइकल’ गत २४ अप्रिल मा रिलिज भएको थियो । यसले बक्स अफिसमा दर्शकको असाधारण रूपमा माया पायो । माइकलका फ्यानहरूले यो चलचित्र पटक पटक चलचित्र घरमा पुगेर हेरे । जसका कारण चलचित्र व्यावसायिक रूपमा नयाँ कोसेढंगा सावित भएको छ ।
हलिउड चलचित्र व्यवसाय रिपोर्ट अनुसार चलचित्र ‘माइकल’ले विदेशमा मात्र ४६२९.८ मिलियन अमेरिकी डलरको व्यापार गरेको छ । यो चलचित्रले अमेरिकाको घरेलु बक्स अफिसमा समेत ४३७१.८ मिलियन अमेरिकी डलरको व्यापार गर्न सफल भएको छ । यो चलचित्रको कुल कमाई ४१.००१ बिलियन अमेरिकी डलर भएको छ । यसरी चलचित्र ‘माइकल’ले विश्वव्यापी रूपमा १ अर्ब भन्दा बढी अमेरिकी डलरको कमाई गर्दै हलिउड बायोपिक चलचित्रमा सबैभन्दा बढी कमाउने चलचित्रको रेकर्ड बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)