मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘२०७७ साल उपलब्धिपूर्ण’

annapurnapost.com · Thu Apr 15 05:49:00 GMT 2021

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साललाई राजनीतिक, सामाजिक तथा आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने बताएकी छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न दलबीच मतैक्य कायम हुनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको राष्ट्रपति भण्डारीको भनाइ छ।

यस्तै, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु अर्को राजनीतिक उपलब्धि भएको राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को शुभकामना सन्देशमार्फत जनाएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)