लगातार तेस्रो जित दर्ता गर्दै नेपाल क्वाटर फाइनलमा
annapurnapost.com · Tue Jul 14 06:50:10 GMT 2026
काठमाडौं: एसीसी यू१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित सहित नेपाल क्वाटर फाइनल प्रवेश गरेको छ। समूह डी अन्तर्गत मंगलबार बिहान भएको खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित दर्ता गरेको हो। वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रन बनाएको थियो।
नेपालले दिएको २१२ रनको विजयी लक्ष्य पछाएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३० रन मात्रै जोड्न सक्यो। हङकङको लागि वोङ विङ क्यू हेलीले १३ रन जोडिन्। त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)