यस्तो छ राष्ट्र बैंकले बताएको अर्थतन्त्रको परिदृश्य
ekagaj.com · Thu Jul 15 16:54:25 GMT 2021
काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा आइपुग्दा अर्थतन्त्रमा तात्कालीक रूपमा कुनै ठूलो संकट छैन । कोभिड–१९ शुरु भएदेखि नै मुलुकभित्र उत्पादन, रोजगारी र माग (उपभोग)को अवस्था खस्केको थियो । तर रेमिट्यान्स आप्रवाह राम्रो भएकाले बाह्य क्षेत्र स्थायित्व सशक्त थियो । आयात घटेकाले शोधनान्तर स्थिति मजबुत थियो, चालु खाता घाटाले पनि खासै कसेको थिएन । विदेशी मुद्राको सञ्चितिले रेकर्ड कायम गर्दै थियो ।
यस हिसाबले हाम्रो अर्थतन्त्र दुई वर्षयताकै कमजोर मोडमा आएको छ र आगामी दिन सहज हुने संकेत देखिदैंन । २२ महिना पछि शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । आर्थिक वर्ष २०७६–७७ देखि शोधनान्तर लगातार बचतमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)