मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरिया विश्वकपमा

ekantipur.com · Wed Feb 02 00:47:38 GMT 2022

दुबई — दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको गोलमा दक्षिण कोरियाले जित हात पारेको हो ।

दक्षिण कोरिया समूह ‘ए’ मा २० अंकसाथ दोस्रो स्थानमा छ । इरान २२ अंकसहित शीर्षस्थानमा छ । यसअघि नै विश्वकपमा पुगिसकेको इरानले यूएईलाई १–० ले पराजित गर्‍यो । तेस्रो स्थानको यूएईसँग ९ अंकमात्र छ । टोलीले २ खेल खेल्न बाँकीको अवस्थामा दक्षिण कोरियालाई भेट्न नसक्ने निश्चित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)