राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)
nepalnews.com · Tue Jul 14 07:16:05 GMT 2026

काठमाडौँ। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत अन्य राजमार्ग बन्द हुँदा अड्किएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन्।
हिजोदेखि बन्द भएको राजमार्ग आज बिहान १० बजेदेखि खुलेसँगै काठमाडौं नयाँ बसपार्कमा चहलपहल सुरु भएको छ। लामो दूरीका सवारी साधनहरू बसपार्कबाट निस्किने क्रम जारी रहेको छ भने यात्रुहरू पनि आउने क्रम सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)