मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया

karobardaily.com · Fri Dec 31 01:17:11 GMT 2021

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिकमा अघि बढाएको प्रक्रियालाई रद्द गर्दै पुनः नयाँ प्रक्रिया सुरु गरिएको हो ।

समितिले बिहीबार सूचना जारी गर्दै यही पुस २९ गतेसम्ममा आवेदन दिन आह्वान गरेको छ । सूचनामा यसअघि आवेदन दिएकाले समेत पुनः आवेदन दिन वा पहिला दिएको आवेदन फिर्ता गर्न पनि पाउने उल्लेख छ । कात्तिकमा सुरु भएको अध्यक्ष छनोट प्रक्रियामा एक १२ जनाको आवेदन परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)