मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित

barnanmedia.com · Thu Oct 23 21:25:00 GMT 2025

काठमाडौँ, ६ कात्तिकः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको बताइएको छ ।

क्रेमलिनका अनुसार रूसको ‘आणविक त्रिकोण’ — स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्न सक्ने क्षमता — समावेश गरिएको उक्त युद्धाभ्यासका क्रममा उत्तर पश्चिमी रूसको प्लेसेत्स्क प्रक्षेपण केन्द्रबाट यर्स आइसिबिएम प्रक्षेपण गरिएको थियो । त्यस्तै, बेरेन्ट्स सागरमा तैनाथ पनडुब्बीबाट सिनेभा आइसिबिएम प्रक्षेपण गरिएको र टियु–९५ रणनीतिक बमवर्षकहरूले लामो दूरीका क्रुज मिसाइलहरू प्रहार गरेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)