मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिमा कम्पनीविरुद्ध मुद्दा

abhiyandaily.com

बिमा कम्पनीहरूको विस्तारसँगै उनीहरूविरुद्ध मुद्दा पर्ने क्रम पनि बढेको छ । २६ मध्ये १७ वटा बिमा कम्पनीहरूको परेको ३५ वटा मुद्दा अहिले बिमा समितिमा विचाराधीन छ । दुईवटा मुद्दा अदालतमा छन् । यीमध्ये अधिकांश चालु आर्थिक वर्षमा परेका मुद्दाहरू हुन् ।

नियामक निकाय भएकाले बिमा समितिको फैसलालाई जिल्ला अदालतले गरेको फैसलासरह मानिन्छ । त्यही कारण बिमा समितिले गरेका फैसलाविरुद्ध पुनरावेदन अदालतमा उजुरी दिने प्रचलन छ । तर, समितिले गरेका फैसलाप्रति असहमत भएर पुनरावेदन गएका घटना निकै कम छन् । गत वर्ष फैसला भएका ४१ मुद्दा मध्ये एउटाको विरुद्ध पनि पुनरावेदन परेन । ‘हामीले सबै तथ्य भिडाएर फैसला गर्छौं त्यसैले हामीविरुद्ध पुनरावेदन परेका घटना निकै कम छन् ।’ समितिको कानुन शाखाका प्रमुख शेखर अर्याल भन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)