मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मतअघि नै आमने–सामने हुँदै दलहरू

nayapatrikadaily.com · Sun Mar 10 00:47:00 GMT 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिनुभन्दा अगाडि सत्ता र विपक्षी गठबन्धनबीच रिक्त राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा शक्ति परीक्षण हुने भएको छ । मंगलबार निर्वाचन सकिएपछि विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ ।

औपचारिक रूपमा सरकारले विश्वासको मत लिनेबारे संसद् सचिवालयलाई केही जानकारी गराएको छैन । बुधबार प्रतिनिधिसभा बैठक बस्दै छ । राष्ट्रिय सभा निर्वाचनलगत्तै विश्वासको मत लिने सत्तागठबन्धन दलहरूको गृहकार्य छ । सत्तागठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभामा सुविधाजनक बहुमत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)