मध्यपुर उज्यालो अभियान सञ्चालन
gorkhapatraonline.com · Sat Apr 01 00:49:12 GMT 2023
भक्तपुर, चैत १८ गते । मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो ।
रात्रिकालीन समयमा सहजतापूर्वक आवतजावत गर्न सकिने गरी नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । अहिले मध्यपुर थिमि नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सडकबत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)