शंकास्पद पार्किङ गरिएका पाँचवटै गाडी बिनाकारबाही छुटे, गृह मन्त्रालयबाट दबाब आएको दाबी
nepalpress.com · Tue Jul 14 08:27:46 GMT 2026

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू बिनाकारवाही फिर्ता गरिएका छन् । सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरुलाई ट्राफिक कार्यालयले ती गाडी जिम्मा लगाएको हो ।
तीन मिडिया हाउसका साथै कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवास र भाटभटेनी सुपर स्टोरमा शंकास्पद ढंगले पार्किङ गरिएका गाडीहरू शंकाष्पदरूपमा नै छुटेका हुन् । उपत्यका ट्राफिकले सामान्य जरिबाना पनि नतिराइ गाडी छाडिदिएको छ । यसबारे बुझ्न नेपाल प्रेस ले ट्राफिक प्रवक्तालाई मंगलबार बिहानदेखि गरेको फोन रिसिभ भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)