तरकारी खेतीले फेरेको आर्थिक जीवन
ajakoartha.com · Tue Jul 14 08:39:00 GMT 2026

काठमाडौं
- नेपाल एउटा कृषिप्रधान मुलुक भएर पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । यो आफैमा राष्ट्रिय अर्थतन्त्रको लागि पीडादायी अवस्था हो । गरेपछि जे पन सम्भव छ भन्ने उदाहरण सल्यानका किसानहरुले देखाएका छन् । आज व्यावसायिक तरकारी खेतीले सल्यानको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै गएको छ । जिल्लाबाट वार्षिक ६५ हजार ५ सय ४९ मेट्रिक टन तरकारी बाहिरिने गरेको छ । जसबाट प्रत्येक वर्ष ५२ करोड रुपैयाँभन्दा बढी रकम जिल्लामा भित्रिने गरेको कृषि विकास कार्यालय सल्यानको तथ्यांकले देखाएको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक तरकारी उत्पादनतर्फ किसानको आकर्षण बढेसँगै कृषि जिल्लाको प्रमुख आयआर्जनको माध्यम बन्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)