सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
ratopati.com · Tue Jul 14 08:48:07 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशमा असार महिनाभर सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा ट्राफिक प्रहरीले ४ हजार ८१ वटा सवारी साधनलाई कारबाही गरेको छ। कारबाहीबाट ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७३ जना चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)