चैत महिनायता हराएका ८४ प्रतिशत बालबालिका भेटिए, सडक आश्रित १६९ जनाको उद्धार
nagariknews.nagariknetwork.com · Tue Jul 14 08:50:08 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको पद बहालीपछि हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय प्रगति भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्म हराएका २ हजार ४४० बालबालिकाको विवरण दर्ता भएकोमा २ हजार ४६ जना सकुशल फेला परेका छन्। यो कुल दर्ता भएका घटनाको करिब ८४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)