मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

farakdhar.com · Sun Jan 21 01:13:21 GMT 2024

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरूमा निरन्तर हुस्सुका कारण जनजीवन प्रभावित भएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरोको कहर निरन्तर रहने महाशाखाको अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)