भट्टराईको अपराधशास्त्रसम्बन्धी पुस्तक सर्वोत्कृष्ट
nepalsamaya.com · Wed Aug 11 17:06:55 GMT 2021
काठमाडौं– रवीन्द्र भट्टराईद्वारा लिखित ‘अफेन्डिङ एन्ड भिक्टिम्याइजेसन’ न्याय र कानुनसम्बन्धी २०७७/७८ वर्षको सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ। नेपाल कानुन व्यवसायी परिषद्को २८ औं परिषद् दिवसमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भट्टराईलाई पुरस्कृत गरेका हुन्।
पुस्तकमा फौजदारी न्यायको अवधारणा, अपराधशास्त्र र पीडित न्यायशास्त्रको अवधारणा तथा विकसित सिद्धान्तहरूको विस्तृत विवेचना छ। अपराध र अपराधपीडितको न्यायका बारेमा ऋग्वेद, बृह्दारण्यक उपनिषद्, न्याय दर्शन र योग दर्शनमा रहेका अपराधशास्त्रीय चेतनाको चित्रण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)