मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भोलिबाट बुटवलमा राष्ट्रिय यु–१९ छात्र खुला भलिबल प्रतियोगिता हुँदै

nepalpress.com · Wed Jun 10 15:34:06 GMT 2026

रुपन्देही । भोलि बिहीबारबाट बुटवलमा राष्ट्रिय यु–१९ छात्र खुला भलिबल प्रतियोगिता हुन लागेको छ । स्व. मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मदनभण्डारी कप यु–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)