नेकपा एकीकृत समाजवादीको हाइ कमान्ड गठन, मन्त्री बनाउनेको नाम अनिर्णीत
hamrakura.com · Fri Aug 27 00:00:00 GMT 2021
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा जाने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका ताकेता गरिरहेको बेला सो पार्टीले सरकारमा जाने निर्णय गरेको हो । सरकारमा सो पार्टीलाई ६ देखि ७ मन्त्रालय दिने तयारी भएको छ।
सरकारमा नेपाली काँग्रेसपछि दोस्रो प्राथमिकताका साथ सहभागी गराइने बताइए पनि मन्त्रालय भने अझै तय भएको छैन । सो पार्टीलाई सञ्चार मन्त्रालय दिएर सन्तुलन मिलाउने तयारी भएको छ । माधव नेपाल नेतृत्वको पार्टीले सञ्चार मन्त्रालय पाए त्यसमा विरोध खतिवडालाई पठाउने तयारी रहेको स्रोतको दाबी छ । तर सञ्चारमा काँग्रेस आफैले पनि दाबी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)