बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
ratopati.com · Thu Oct 23 23:46:00 GMT 2025

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन ।
भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन्। तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)