मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषदको निर्णय आज सार्वजनिक हुँदै

lokaantar.com · Thu Jan 05 23:31:37 GMT 2023

मन्त्रिपरिषद बैठकमा भएका सरकारको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदैछ । उपप्रधान तथा अर्थमन्त्रीले सरकारको प्रवक्ताको हैसियतले आज दिउँसो ११ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्न लागेका हुन् ।

मन्त्रालयका शाखा अधिकृत चुरामणी अर्यालका अनुसार मन्त्रिपरिषद बैठकमा भएगरेका निर्णयलाई एक कार्यक्रमबीच सार्वजनिक गर्न लागिएको हो । सरकारले यसबीचमा जनतालाई आकर्षित गर्ने दूरगामी निर्णयहरु गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा भाषणभन्दा काम गरेर देखाउने प्रतिवद्धता गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)