तिहार सकियो : तराई/मधेशमा छठ पर्वको चहलपहल
Ujyaaloonline.com · Fri Oct 24 00:00:31 GMT 2025

काठमाण्डौ – यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)