मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरोना बिमा गर्ने ९८ हजारको अझै हात खाली

annapurnapost.com · Sat Jan 21 00:59:00 GMT 2023

काठमाडौं : पछिल्लो समय कोरोना बिमाबापत कुल १ अर्ब १२ करोड ४९ हजार ६ सय ४ रुपैयाँ भुक्तानी भयो। सरकारले गत मंसिरमा १ अर्ब रुपैयाँ भुक्तानीका लागि निकासा गरेपछि यसमा थपथाप गरेर करिब १३ हजार १ सय ९९ जनाले बिमाबापतको रकम पाए।

व्यक्तिगत रूपमा कोरोना बिमा गरेर सुरुमै दर्ता गरेकालाई पहिलो प्राथमिकताअनुसार यस पटकको कोरोना दाबी भुक्तानी गरियो। तर, सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ मध्ये ५० हजार ४ सय ४७ जनाले पाए। यसपछि बाँकी रहेकालाई जसोतसो रकम जुटाइयो। यसमा भनेअनुसार रकम नजुटाएकाले धेरैले पाएनन्, जम्मा १३ हजार हाराहारीले मात्रै कोरोना बिमाको दाबी भुक्तानी हात पार्न सफल भएको नेपाल बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)