एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चले माग्याे जवाफ
shilapatra.com · Wed Jun 10 15:43:33 GMT 2026

सिरहामा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त निर्णयमा संलग्न निकायहरूलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । साथै, रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा तिनमा रहेका डेटा नष्ट नगर्न वा नगराउन अन्तरिम आदेशसमेत जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)