मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला

gorkhapatraonline.com · Thu Oct 19 06:08:58 GMT 2023

काठमाडौँ, कात्तिक २ गते । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)