नेपालीलाई विदेशमा लगानी गर्न बाटो खोल्दै सरकार, विदेशी विनिमय कानुन संशोधन हुँदै
corporatenepal.com · Tue Jul 14 10:54:22 GMT 2026

काठमाडौं । सरकारले नेपालीलाई विदेशमा लगानी गर्न दिने गरि कानुन संशोधन गर्न लागेको छ । अर्थ मन्त्रालयले विदेशी विनिमयसम्बन्धी कानुनलाई संशोधन गर्न बनाएको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ । सरकारले यसअघि बजेटमा यसको आश्वासन दिएको थियो । तर, विभिन्न कारणले कार्यान्वयन अघि बढाउन सरकारले सकेको थिएन । यस पटक अर्थमन्त्रालयले विदेशी विनिमयसम्बन्धी कानुनबाट सम्बोधन गर्न लागेको हो ।
संशोधित मस्यौदाको दफा २५ मा नेपालीलाई विदेशमा लगानीको प्रस्ताव गरिएको छ । यस्तो लगानी खुल्ला गर्न विनोद चौधरीलगायतका थुप्रै व्यवसायी लामो समयदेखि लबिङमा थिए । तर यसले नेपालको ठूलो पुँजी पलायन हुनसक्ने आशंकामा सरकारले कानुन संशोधनको आँट गर्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)